२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कन्टेनरभित्र शव फेला



मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका-८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला भेटिएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो ।

चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९, २४ श्रावण मंगलबार ००:००  ३ : २९ बजे