ओखलढुङ्गा । जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । सङ्घिय सरकार बाट आर्थिक वर्ष २०७८र०७९ मा प्राप्त ७२ लाख बजेटले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।
प्लान्ट बाट दैनिक ५० किलोका १० देखी १२ वटा अक्सिजनका सिलिन्डर भर्न सकिने जिल्ला अस्पतालका जनस्वास्थ्य निरिक्षक नवराज बानियाले बताए । प्लान्ट बाट पाईप मार्फत सिधै विरामी राख्ने कोठा तथा बेड सम्म अक्सिजन पुर्याईएको बानियाँले जानकारी दिए ।
उत्पादित अक्सिजन रित्तो सिलिण्डरमा भरेर घर तथा अन्य अस्पतालमा लैजानेलाई पनि दिने गरिएको अस्पतालले जनाएको छ ।
हाल जिल्ला अस्पताल रुम्जाटार १५ शैया क्षमताको छ ।
यहाँ दैनिक ५० देखि ६० जना विरामी चेकजाचका लागि आउने गरेको डा.जिव नारायण मण्डलले बताए । अस्पतालको नव निर्मित भवन मार्फत आईसीयु सेवा सञ्चालनको तयारी भईरहेको डा.मण्डलको भनाई छ । अस्पतालमा मुख्य गरी जनशक्तिको अभाव रहेको डा.मण्डलले बताए ।