काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० अन्तर्राष्ट्रिय तथा एकदविसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सिरिजको तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय तथा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० अन्तर्राष्ट्रिय सिरिज अगस्ट २५ देखि ३० सम्म हुनेछ ।
नेपाललले केन्यासँग २५, २६, २८, २९ र ३० अगस्टमा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यस्तै, एकदिवसीय सिरिज सेप्टेम्बर २ देखि ५ सम्म हुनेछ । नेपालले २, ३ र ५ सेप्टेम्बरमा एकदिवसीय खेल खेल्नेछ ।
त्यस्तै क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको समेत घोषणा गरेको छ । क्यानले घोषणा गरेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।
नियमित रहँदै आएका कुशल भुर्तेल र विनोद भण्डारी टोलीबाट बाहिरिएका छन् । यस्तै ४ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।
नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।