२०८२, ५ असार बिहीबार | Thu Jun 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका गैरसांसद मन्त्री पदमुक्त



कर्णाली।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा(कार्चेन)को जिम्मेवारी सकिएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर भएको छ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले हाल उक्त मन्त्रालय आफैंसँग राखेका छन्। उक्त मन्त्रालयमा माओवादी केन्द्रबाट गैरसांसद लामा मन्त्री भएका थिए। 

प्रदेश प्रमुख कार्यालय निमित्त सचिव भीमराज थानीका अनुसार प्रदेश प्रमुख तिलक परिवारले मंगलबार मुख्यमन्त्री शाहीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। 

विवादका बीच कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका माओवादीका छिरिङ डम्डुल लामा (कार्चेन)को पद सोमबार सकिएको हो।

गएको २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका गैरसांसद लामाको पदावधि साउन २३ गतेदेखि सकिएको हो।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  ११ : २५ बजे