२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्को शुल्क लिँदै सरकारी अस्पताल

एउटा निरोगिताको प्रमाण दिन अस्पतालले सात सय रुपैयाँका दरले असुल्ने गरेको प्रमाण फेला ......



ओखलढुङ्गा । ओखलढुङ्गामा निरोगिताको प्रमाण लिन नागरिकले सरकारी अस्पतालमा चर्को शुल्क तिर्न बाध्य छन् । जिल्ला अस्पताल रुम्जाटार मार्फत निरोगिताको प्रमाण लिन नागरिकले चर्को शुल्क बुझाउनु पर्ने तथ्य फेला परेको छ । यसको मारमा विशेष गरी सवारी चालक अनुमती पत्र नविकरण गर्ने नागरिक परेका छन् ।

एउटा निरोगिताको प्रमाण दिन अस्पतालले सात सय रुपैयाँका दरले असुल्ने गरेको प्रमाण फेला परेको छ । जबकी त्यही प्रमाण निजी अस्पतालहरुले तीन सयमा दिने गरेका छन् । जिल्ला बाहिर लाईसेन्स नविकरण गर्दा निरोगिताको प्रमाणका लागि एक सय रुपैयाँमा काम हुन्थ्यो रुम्जाटार अस्पतालले आफु सङ्ग सात सय रुपैयाँ लिएको मानेभञ्ज्याङ गाउँपालिका–३ का रमेश कुमार राईले गुनासो गरे । उनले भने “जिल्ला बाहिर अन्त एक सयमा हुन्थ्यो यहाँ अचाक्ली महँगो भयो ।” सवारी चालक अनुमती पत्र नविकरण गर्न एमबीबीएस डाक्टर बाट निरोगिताको प्रमाण लिन अनिवार्य छ । यहि प्रमाण दिए बापत अस्पतालले चर्को शुल्क लिने गरेको हो ।

यातायात व्यवस्था कार्यालय रुम्जाटार मार्फत दश महिनाको अवधिमा एक सय १३ जनाले सवारी चालक अनुमती पत्र नविकरण गरेको कार्यालयका निमित्त प्रमुख बद्रिप्रसाद घिमिरेले जानकारी दिए । अधिकाङ्शले रुम्जाटार अस्पताल बाट निरोगिताको प्रमाण लिएर आउनुभएको घिमिरेको भनाई छ । एक सय रुयौयाँमा पाईने निरोगिताको प्रमाण रुम्जाटार अस्पतालै सात सय लिने गरेको गुनासो सेवाग्राहीले आफ्नो कार्यालयमा पनि गर्ने गरेको घिमिरेले बताए । यस यातायात कार्यालयबाट सवारी चालक अनुमती पत्र जारी हुन थालेपछी सम्पर्कमा डाक्टरको व्यवस्था हुने कार्यालयले जनाएको छ ।

रुम्जाटार अस्पतालले लिने गरेको शुल्कको विषयमा आफुलाई जानकारी नभएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितीका संयोजक तथा जिल्ला समन्वय समिती प्रमुख डिल्लीराम खनालले बताए । “अघिल्लो नेतृत्वले गरेको निर्णय हुन सक्छ, मलाई थाहा छैन” उनले भने “केही दिनमै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितीको बैठक बसेर आवश्यक निर्णय गरिनेछ ।”

सप्नावती हेल्थ केयर सेन्टर ओखलढुङ्गाले त्यही निरोगिताको प्रमाण तीन सयमा दिने गरको पाईयो । आफुले निरोगिताको प्रमाणित गरेवापत प्रती व्यक्ति तीन सय लिने गरेको सेन्टरका डाक्टर रविन्द्र मेहेताको भनाई छ । निजी भन्दा सरकारी कार्यालयले बढी शुल्क असुलेको विषयमा आवाज उठ्न थालेको छ ।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  ११ : ४६ बजे