२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाबाट जितेर देशको अर्थमन्त्री हुन्छु : ज्ञानेन्द्र शाही



काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभामा निर्वाचन जुम्लाबाट लड्ने घोषणा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ३१८६८ मत ल्याएर विजयी हुने दाबी गरेका छन् । मंगलबार ललितपुरको सातदोबाटोमा ज्ञानेन्द्र शाही जिताऔं अभियान अन्र्तगत सम्पर्क कार्यलयको उद्घाटन गरेपछि जुम्लाबाट निर्वाचन जित्ने र आफु अर्थ सम्बन्धि विषय पढेकोले आफु अर्थमन्त्रालय समाल्ने बताए ।

२७ जनाको टिमले जुम्लामा अनुसन्धान गरेर डाटा तयार पारेको उनले बताए । ‘‘मेरो सिधा कुरा छ । ३१८६८ भोटका साथ हामी अहिलेको जुम्लाको निर्वाचन जित्छौं ।

‘हाम्रो ‘डाटा’ले बताउँछ, हामीले यसरी गरेका छौं । यो किन भने, जुम्लामा एउटा ‘टिम’ले काम गरिरहेको थियो । त्यो टिमले डाटा प्रस्तुत गरेको छ । हामीले जुम्ला जिल्लामा झन्डै ७४ हजार भोट छ ।’

जुन तथ्याङ्क आएको छ । तथ्याङ्कको अनुमान २७ जनाको ‘टिम’ले काम गरेर निकालेको रिपोर्ट हो । करिब–करिब ७४ हजार भोट हुन्छ जुम्लामा । अहिलेका नयाँ थपिने गरेर ७४ हजार मध्य ६५ प्रतिशत भोट खस्छ ।

यसको मतलब ४५ हजार ८ सय ८० भोट खस्न सक्छ । त्यस मध्य करिब–करिब सिंजा (ख)बाट तपाईको ३५ हजार भन्दा बढि भोट रहन्छ, त्यसको ८० प्रतिशत भोट चाही हामीलाई खस्छ ।

त्यो झन्डै १७ हजार ३ सय ६० र त्यसै गरी क्षेत्र (क) मा ३९ हजार भोट छ । ३९ को ६२ प्रतिशत भोट खस्छ, ६२ प्रतिशत भोटको ६० प्रतिशत भोट हामीलाई खस्छ र त्यो १४ हजार ५ सय ८ हुन्छ । यो दुईवाटै गरेर ३१८६८ भनेको सबैभन्दा कम अहिलेको जुन हाम्रो ‘प्रेडिक्सन’, जुन हाम्रो ‘डाटा’ अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  १२ : १७ बजे