२०८१, २३ कार्तिक शुक्रबार | Sat Nov 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलु र मासुमा आत्मनिर्भर बन्दै ओखलढुंगा



ओखलढुंगा। जिल्लामा तरकारी र मासुका लागि दुई वटा जोन कार्यक्रम सन्चालनमा रहेका छन् । जिल्लाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागलाई समेटेर बाख्रा जोन कार्यक्रम लागु भएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरर्गत जिल्लामा आलु र बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएका हुन् ।

सिद्धिचरण नगरपालिकाको वडा नं. ५, ६, ७ मोलुङ गाउँपालिकाको वडा नं. ६, ७, ८ खिजिदेम्बा गाउँपालिकाको वडा नं. ६, ७, ८, ९ र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ८, ९, १० र ११ आलु उत्पादन क्षेत्रलाई समेटेर करिब दुई वर्ष देखी आलु जोन कार्यक्रम सञ्चालन भएको छ । यसलाई आलु सुपरजोन बनाउने तयारी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ ।

गत वर्ष देखी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं.२, ३, ५, ६, ७, ८ र ९ त्यस्तै सुनकोशी गाउँपालिकाको वडा नं. १, २ र ३, ४ लाई समेटेर बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लालाई तरकारीका लागि आलु र मासुका लागि खशी बाख्रा बाट आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना मार्फत बाख्रा जोन कार्यक्रम लागु भएका हुन् ।

आलु र बाख्रा जोन कार्यक्रम लाई प्रभावकारी बनाउने विषयमा गृहकार्य भईरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाईका प्रमुख बरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले बताए । जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको संयोजकत्वमा परियोजनाले सरोकारवालाहरुको सहभागिता गराई यी दुई जोन कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको अधिकारीको भनाई छ ।

यसका साथै आर्थिक २०७८/०७९ मा भएका कामको समिक्षा समेत गरिएको अधिकारीले बताए । बाख्रा जोन कार्यक्रम लाई प्रभावकारी रुपमा सञ्चालन गर्न र कार्यक्रमको क्षेत्र विस्तारका लागि सिफारिस गर्ने निर्णय भएको छ । आलु जोन कार्यक्रम लाई आलु सुपर जोन बनाउन सम्बन्धीत निकायमा सिफारिस गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । परियोजना मार्फत सोलुखुम्बु जिल्लामा किवी र स्याउ खेतीका लागि जोन कार्यक्रम लागु गरिएको छ ।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  १२ : ३२ बजे