२०८२, ४ श्रावण शनिबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनामैनामा सुविधाजन्य ज्येष्ठ नागरिकग्राम बन्ने



रुपन्देही । सैनामैना नगरपालिका -१ बनकट्टामा ३० करोडको लागतमा सुविधाजन्य ज्येष्ठ नागरिकग्राम बन्ने भएको छ ।

प्रदेश सरकारबाट बजेट स्वीकृत भइसकेको सैनामैना नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले जानकारी दिएका हुन  ।

बहुवर्षे योजनामा परेको उक्त ज्येष्ठ नागरिक ग्राममा १ ,२ र ३ बल्कहरु हुनेछन् । सो ग्राममा मेडिकल बल्क, ठूलो सभाहल र मन्दिर पनि बनाइनेछ । उक्त जग्गामा ग्रामको लागि पर्खाल लगाइसकेको छ ।

उहाँका अनुुसार ग्राम बन्नका लागि सैनामैना नगरपालिकाको संयोजनमा ६ बिघा १० कठा १७ धुर जग्गा उपलब्ध भएको छ ।

नगरपालिका प्रमुख फडेन्द्र शर्माले ग्रामसँगै सैनामैना -१ पिपलडाडाँमा छिट्टै ट्रमा सेन्टर पनि बन्न लागेको जानकारी गराए  ।

ट्रमा सेन्टरको लागि पनि बजेट स्वीकृत भइसकेको छ  ।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  १ : १५ बजे