२०८२, ११ श्रावण शनिबार | Sat Jul 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जका तेह्र विद्यालय कालोसूचीमा



पर्सा। वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र पर्ने १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका विद्यालय महानगरपालिकाबाट पाउने सबै प्रकारका सेवासुविधा र अनुदानबाट वञ्चित हुनेछन्।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले कालोसूचीमा परेका विद्यालयले तोकिएको समय साउन १५ भित्र एकीकृत आपत्कालीन व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक नगरेकाले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पर्ने १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेर कारबाही गरेको बताए । उनले  कालोसूचीमा परेका विद्यालयले महानगरपालिकाबाट पाउने कुनै प्रकारको सेवासुविधा र अनुदान नपाउने बताए ।

कालोसूचीमा पर्ने विद्यालयहरूमा मुलुकको जेठो विद्यालय त्रिजुद्ध, नेरा मावि श्रीपुर, विश्व हिन्दु संस्कृत आधारभूत विद्यालय, सिन्दुरियामाई विद्यालय, मकतब इनरुवा, नेरा आधारभूत विद्यालय अपौनी प्रसोतीपुर, परवानीपुर, मनियारी, रामजानकी आधारभूत विद्यालय रामगढवा, मदरसा इस्लामिया आधाभूत विद्यालय सुगौली बिर्ता, नेपाल रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुर बेलवा र आदर्श बाल विकास आधारभूत विद्यालय रहेका छन्। कालोसूचीमा परेका केही विद्यालयले महानगरपालिकाको अदूरदर्शिता र विद्यालय प्रविधिमैत्री नभएकाले सम्पूर्ण गतिविधि अद्यावधिक गर्न नसकिएको प्रतिक्रिया दिएका छन्।  -गोरखापत्र

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  २ : ०१ बजे