२०८२, ५ जेठ आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साङ्ला बालकुमारी विद्यालयको अध्यक्षमा थापा चयन



काठमाडौँ।  काठमाडौंको तारकेश्वर नगरपालिका १   साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्।

विगत २० वर्ष देखि सञ्चार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविष्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन् त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफू लागि पर्ने प्रतिबद्धता गरेका छन्।

साङ्ला बालकुमारी विद्यालयका प्रधानाध्यापक डा. टिकाराम भट्टले समय समयमा शिक्षकहरूको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरूले आफूलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केही वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चितता भइसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि बढेको हुन सक्ने भन्दै उनले शिक्षकहरूलाई अद्यावधिक राख्न पनि शिक्षकहरूको क्षमता परीक्षण हुनु अनिवार्य रहेको बताए। समय अनुसार शिक्षा परिवर्तन हुने भएकोले शिक्षकहरू पनि परिवर्तन हुनु जरुरी रहेको उनको भनाई छ। उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विश्वास लिएर थापालाई अध्यक्षमा चयन गरेको बताए।

समितिका सदस्यहरुमा विदुर सापकोटा, लक्षमण तिमलसिना, स्वस्थानी पराजुली अधिकारी, लक्ष्मी नारायण खडकी, सुरेस केसी, उषा कुवँर, यादव प्रसाद फुयाल चयन भएका छन्।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  ४ : ०१ बजे