२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज काठमाडौँका यी क्षेत्रमा लोडसेडिङ



काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा सोमबार ७ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकोले विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको टेकु – थानकोट तथा टेकु – तहाचल फिडरको टेकु सबस्टेशन देखी विष्णुमती खोला सम्मको एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गरिन लागेको हो ।

यस अन्तर्गत पर्ने कुलेश्वर, रवी भवन, लिंक मार्ग, कालिमाटी, तहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विहान १० बजेबाट साँझ ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार ००:००  ३ : १४ बजे