२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तथ्याङ्क विधेयक बहुमतले पारित



काठमाडौँ। राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा आएको तथ्याङ्क विधेयक २०७८ बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतले सो विधेयक पारित भएको हो ।

तथ्याङ्क उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरणलाई विश्वसनीय, व्यवस्थित बनाई संघ, प्रदेश र स्थानीय तहको नीति निर्माण, नीति कार्यान्वयन, स्रोत व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथ्याङ्कसम्बन्धी कानुनलाई थप संशोधन गर्न र एकीकरण गर्न आवश्यक भएको सो ऐन संसदले बनाएको हो ।

सो विधेयकमाथि संशोधन प्रताव राखेका सांसद प्रेम सुवाल र विद्या भट्टराई आफ्नो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निणर्यार्थ प्रस्तुत गर्दा बहुमत सांसदले अस्वीकृत गरे ।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  ४ : १० बजे