देवदह । तिलोत्तमा नगरपालिकास्थित रेडक्रसका विभिन्न शाखाका प्रतिनिधिले देवदहको केरवानी माध्यमिक विद्यालयमा हुने जुनियर रेडक्रस सर्कलको गतिविधि अध्ययन गरेका छन् । मंगलबार भएको अवलोकनका क्रममा विद्यालयका प्रतिनिधिहरूले अनुभव आदानप्रदान गरेका हुन् ।
देवदह क्षेत्रकै उत्कृष्ट ठहरिएको केरवानी माध्यमिक विद्यालयमा हुने जुनियर रेडक्रस सर्कलका गतिविधिहरू समेत जिल्लामै उत्कृष्ट हुने गरेका छन् । सो क्रियाकलापको अध्ययनका लागि तिलोत्तमाको टोली देवदह आईपुगेको हो ।
अध्ययन एवं अनुभव आदानप्रदानमा तिलोत्तमा नगरपालिका अन्तरगतका शिक्षक नायक, मणिग्राम रेडक्रस उपशाखा प्रमुख पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, केरवानी माविका संस्थापक शिक्षक नायक तुल्सिराम शर्मा, देवदहमा रेडक्रसका कृष्ण न्यौपाने, सरोज न्यौपाने, हरि प्रसाद ढुंगाना, बिद्यालयका सहायक प्राचार्यहरु निर्मल ढुंगाना, हरि प्रसाद पाण्डे भुतपुर्व जुरेस अध्यक्षहरू बबिता भट्टराई, राहुल देव सापकोटा सहितको उपस्तिथितिमा जुरेस उत्कृष्टताका आधारहरु, मुल्यांकनका आधार, जुरेसले संचालन गरेका अतिरिक्त क्रियाकलाप, मानविय सेवाका क्रियाकलाप, नेतृत्व विकासका कार्यक्रम लगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान भएको थियो।