२०८१, २० आश्विन आइतबार | Mon Oct 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्ध सुनवल बनाउन कृषिमा क्रान्ति गर्न जरुरी: नगरप्रमुख अर्याल



सुनवल । सुनवल नगरपालिकाद्वारा आयोजित रोजगारसम्बन्धी अभिमुखीकरण  कार्यक्रममा बोल्दै नगरप्रमुख विमला अर्यालले सुनवललाई  समृद्ध नगर बनाउनको लागि कृषिमा क्रान्ति गर्न जरुरी रहेको बताइन् ।

उनले विदेशी समान आयात गर्नु भन्दा स्वादेशमा उपभोग्य बस्तु  उत्पादन गरी आत्मनिर्भर बनाउनको लागि नगरपालिकालागि परेको बताइन् ।

कृषि उत्पादन मार्फत रोजगारी बढाउन र उत्पादनको बजारीकरणको समेत व्यवस्था गर्ने योजना नगरले बनाउने अर्यालको भनाई थियो ।

रोजगारीको सुनिश्चित गर्ने अधिकारलाई मध्यनजर गर्दै सुनवललाई कसरी समृद्ध बनाउने र स्थानीयवासीहरूलाइ  आत्मनिर्भर बनाउन उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख अर्यालले बताइन् ।

प्रकाशित मिति : २०७९, २६ श्रावण बिहीबार ००:००  २ : ४१ बजे