ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको प्रवत्ताको जिम्मेवारी प्रदीप बानीयाले पाएका छन् । कांग्रेस सभापति तेजन खनालले बानीयाँलाई विहिबार प्रवत्तामा मनोनयन गरेका हुन् ।
मोलुङ १ का निवर्तमान वडाअध्यक्ष बानीया कांग्रेसका प्रखर वत्ताका रुपमा चिनिन्छन् ।
लामो समय नेविसंघको जिल्ला नेतृत्व र पार्टी जिल्ला कार्यसमितिमा विगत देखिनै सकृय बानीया पार्टीको महाधिवेशनबाट सहसचिव बन्ने दौडमा थिए । झिनो मतले सहसचिवमा पराजित उनलाई केही समय अघि पार्टीले जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको थियो ।
नेता बानीया युवा पुस्तामा लोकप्रिय छन् ।