२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा कोरोना संक्रमण मुक्त जिल्ला



काठमाडौं । ओखलढुंगा जिल्लामा २८ वर्षीय युवा कोरोना जितेर डिस्चार्ज भएसँगै कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा भेटीएका एकमात्र संक्रमित सोमबार कोरोनामुक्त भएसँगै हाललाई ओखलढुंगा कारोनामुक्त जिल्ला भएको हो ।

भारतबाट विरगञ्जहुँदै जेष्ठ ३० गते लिखु गाउँपालिकास्थित घर आएका २८ वर्षीय युवामा असार ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी जिल्लाका पहिलो संक्रमित हुन् । ती युवा बाहेक अरुलाई जिल्लामा कोरोना संक्रमण देखिएको छैन ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल विराटनगरमा उपचाररत रहेका उनी १४ औं दिनमा घर फर्किएका छन् । १४ दिनकोे उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार ००:००  ८ : २४ बजे