२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनैपूर्णिमा : गोकर्णेश्वर महादेवमा दर्शनार्थीको चहलपहल (फोटोफिचर)



काठमाडौँ। आज जनैपूर्णिमा अर्थात् वण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी हो। आजैको दिन सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जसले गर्दा अत्यन्त बलवान दानवराज बली बाँधिए।

तस्बिर : रेशम अधिकारी

त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा आज रक्षाबन्धन पनि बाध्ने गरिन्छ ।

तस्बिर : रेशम अधिकारी

यो परम्परा परापुर्वकालदेखिने चलिआएको हो।

तस्बिर : रेशम अधिकारी

जीवन रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको डोरोलाइ वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण र पुरोहितहरुले नाडीमा बाँधिदिने गरिन्छ । तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ ।

तस्बिर : रेशम अधिकारी

यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

प्रकाशित मिति : २०७९, २७ श्रावण शुक्रबार ००:००  १२ : ५६ बजे