२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ



ओखलढुंगा । ओखलढुंगामा बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । जिल्लाको चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथी जवरजस्ती करणी गरेको आरोपमा १७ बर्षिय युवा पक्राउ परेका हुन् ।

नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ बर्षिय बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा १७ बर्षिय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । बालिकाको स्वास्थ्य परिक्षण लगायत अन्य अनुसन्धान भैरहेको उनको भनाई छ ।

पिडित बालिकाले घटनाको बिषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ ।

गत अषाढ १५ गते घरमा कोही नभएको मौका छोपी ललाईफकाई बालिकामाथी जवरजस्ती करणी गरेको पिडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आईतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार ००:००  ८ : ५९ बजे