२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता : नगरप्रमुख बोहोरा



बाजुरा । बुढीनन्दा नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख जनक कुमार बोहोराले बताएका छन्  ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा बोल्दै मेयर बोहोराले सो कुरा बताएका हुन । उनले ५० प्रतिशत बजेट नै शिक्षा क्षेत्रमा लगानी गरिएको बताए। नगरले धुलो मुक्त कक्षाकोठा कार्यक्रम, नगर भित्रका उत्कृष्ट विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन अध्यक्ष र विद्यार्थीलाई सम्मानसहित पुरस्कारको ब्यवस्था गरिने नीति ल्याएको बताए   ।

त्यस्तै स्वास्थ्य उपचार सेवामा गर्भवती र विपन्न परिवारका लागि निःशुल्क एम्बुलेन्स सेवा,  ७० कटेका जेष्ठ नागरिकलाई निःशुल्क उपचार, नगर प्रमुख घरघर चिकित्सक अभियान र घरमै पुगेर निशुल्क उपचार सेवा, फलफूलका बिरुवा लगाउने र हुर्काउनेलाई अनुदानको ब्यवस्था, नगर भित्रका  युवालाई सीपमुलक तालिम लगायतका कार्यक्रम ल्याएको बताए ।

प्रकाशित मिति : २०७९, २७ श्रावण शुक्रबार ००:००  २ : ४५ बजे