२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ दिन भित्र देवदहवासीको हातहातमा लालपुर्जा पुर्याउँछौँ :वडाअध्यक्ष जि.सी



रुपन्देही। रुपन्देही जिल्ला देवदह नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष मोहन जि.सीले अबको १६ दिन भित्र वडाका अव्यवस्थित परिवारले जग्गा धनी पुर्जा पाउने बताएका छन् । 

अनलाइन सरोकारसँग कुरा गर्दै उनले वडा नं. ९ मा पुर्जा वितरणको प्रक्रिया सुरु भएको बताए । वडा न. ९ ब्लक न. १ कालिका टोलमा देवदह नगरपालिकाबाट प्रमाणीकरण भएको जग्गाहरू मध्ये ७८ अव्यवस्थित परिवारको करिब १६ बिघा जग्गाको राजस्व (दस्तुर) निर्धारण गरि सबैको जानकारीका लागि बिहीवार सूचना प्रकाशन गरिएको समेत जानकारी दिए ।

सूचना प्रकाशित भएको मितिले १६ औं दिनपछि सो स्थानका अव्यवस्थित बसोबास गर्नेले  तोकिएको दस्तुर बुझाई जग्गा दर्ता गरि पुर्जा लिन सक्ने अध्यक्ष जिसीले जानकारी दिए । अव्यवस्थितको  हकमा तीन किस्ता गरेर समेत पैसा बुझाउन सकिने छ ।

आर्थिक रुपमा विपन्न परिवारको हकमा भने  स्थानीय निकायको सिफारिसमा निशुल्क पुर्जा बितरण गरिने छ ।

प्रकाशित मिति : २०७९, २७ श्रावण शुक्रबार ००:००  ३ : २४ बजे