नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ ।
पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि गाउँपालिकाभित्रका ५४ विद्यालयमा लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले अनलाइन सरोकारलाई जानकारी दिए ।
पौडेलले भने ‘पाठ्यक्रमले यस क्षेत्रको राप्तीसोनारीको परिचय, प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ । स्थानीयस्तरका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिएको हो’ । पाठ्यक्रमले विद्यार्थीलाई समग्र राप्तीसोनारी गाउँपालिकालाई चिन्ने र बज्ने अवसर मिल्ने उनले बताए ।