२०८२, ३० असार सोमबार | Mon Jul 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरणलाई देशकै नमुना नगरपालिका बनाउँछु : मेयर खनाल



ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) ले बताएका छन् । समस्या मुक्त बनाएर पाँच बर्ष भित्र नगरपालिकालाई देशकै समृद्ध र नमुना नगर बनाउने बताएका हुन् ।

नगरपालिका घोषणा भएको लामो समय भएपनि हालसम्म नगरबासीले अपेक्षित सेवा सुुविधा उपभोग गर्न नपाएको भन्दै खनालले नागरिकको न्यूनतम् आवश्यकता पुरा गर्न नयाँ नेतृत्व लागिपरेको बताएका छन् । मेयर खनालले ५ वर्षपछि आफ्नो कार्यकालको समिक्षा गर्ने समयमा नगरवासीले समस्या सुनाउने अवस्था आउन नदिने प्रतिवद्धता जनाएका छन् ।

चुनावी अभियानका क्रममा नगरपालिका गाउँपालिकाहरुको जतिपनि विकास नभएको बताएका खनालले निर्वाचित भएपछि दिर्घकालिन महत्वका योजना अघि सारेको बताए । नगरपालिका हुनका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र विद्युतको पुहँचबाट अझैपनि नगरका नागरिक वञ्चित छन् । मेयर खनालले भने अबको पाँच बर्षसम्म ति समस्या हटाउने बताए । ‘नगरपालिका भइसकेपछि पाउनुपर्ने सेवा सुविधाबाट अझै पनि नागरिक वञ्चित छन् । मैले चुनावी एजेण्डामै पनि नगरलाई नगर जस्तै बनाउँछु भनेको थिएँ ।’ खनालले भने, ‘नगरपालिकालाई सिंगापुर जस्तै बनाउँछु त भन्न सकिन्न तर देशको एउटा नमुना नगर बनाएर आगामी पाँच बर्षभित्रमा नागरिकका न्युनतम् आवश्यक्ता पुरा गर्नेछौं ।’ मेयर खनालका अनुसार नगरपालिकाले चालु आवको नीति तथा कार्यक्रममा आगामी दुई बर्ष भित्र सबै वडामा विद्युत विस्तार गर्ने, तीन बर्ष भित्र सबै वडामा खानेपानीको सुविधा पु¥याउने लक्ष्य राखेको छ ।

नगरभित्रका सडकहरु स्तरोन्नति गरेर सँधै चालु अवस्थामा राख्ने, शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षा नीति परिवर्तन गरेर प्रभावकारी बनाउने, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने, कृषि र पर्यटनमा जोड दिइने मेयर खनालको भनाई छ ।

सिद्धिचरण नगरपालिकालाई स्वच्छ, सुन्दर र समुन्नत बनाउने गरि काम भइरहेको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७९, २९ श्रावण आइतबार ००:००  १० : ५५ बजे