२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोलुङका जेष्ठ नागरिकलाई टोलबस्तिमै निःशुल्क स्वास्थ्य सेवा



ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाले जेष्ठ नागरिकलाई घर नजिकैको पायक पर्ने टोलबस्तिमै  पुगेर स्वास्थ्य सेवा दिन थालेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९-०८० को स्विकृत नीति तथा कार्यक्रम अनुसार जेष्ठ नागरिकहरुलाई टोलबस्तिमै पुगेर स्वास्थ्य परिक्षणसहितका आधारभुत सेवा दिन थालेको हो ।

वृद्धवृद्धाहरुले स्वास्थ्य जाँचका लागि टाढासम्म धाएर स्वास्थ्य संस्था पुग्नुपर्ने समस्या सँधैका लागि अन्त्य गर्न पालिकाले अभियानात्मक रुपमा यो कार्यक्रमको सुरुवात गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बेदहरी दाहालले बताएका छन् ।

अब नियमित रुपमा हरेक महिनाको १३ गते देखि १७ गतेसम्म प्रत्येक वडाको ५ वटा टोलमा खटिएका स्वास्थ्यकर्मीहरुले वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परिक्षण गरेर आवश्यक औषधि र परामर्श प्रदान गर्नेछन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाले तालिका नै बनाएर स्वास्थ्य परिक्षण सेवा थालेको छ । तालिका अनुसार प्रत्येक महिनाको १३ गतेस्वास्थ्य चौकी रामपुरको नयाँ भवन, १४ गते तल्लोटार स्वामी चौतारा, १५ गते साउने शिव मन्दिर प्रतिक्षालय, १६ गते ढुस्के डाँडा प्रतिक्षालय र १७ गते टेकनपुर सामुदायिक भवनमा स्वास्थ्यकर्मीहरु पुगेर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्न थालिएको छ ।

वृद्धवृद्धाहरुमा दम–खोकी, रक्तचाप, मधुमेह लगायतका दिर्घरोगको बेलाबेलामा चेकजाँच गराइरहनुपर्ने तर स्वास्थ्यसंस्थासम्म पुग्न समस्या गरेको भए पनि अब त्यस प्रकारका समस्या समाधान हुने गाउँपालिका अध्यक्ष उत्तम राईको भनाई छ । नागरिकको स्वास्थ्य सेवामा स्थानीय सरकार संवेदनशिल रहेको त्यसमा पनि जेष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखेको अध्यक्ष राईले बताए ।

टोलटोलमै स्वास्थ्यकर्मी आएर आफुहरुको स्वास्थ्य परिक्षण सुरु भएको भन्दै वृद्धवृद्धाहरुले खुशी भएका छन् ।

प्रकाशित मिति : २०७९, २९ श्रावण आइतबार ००:००  ११ : १४ बजे