पश्चिम नवलपरासी । असोज मसान्तभित्र व्यवसाय तथा सम्पत्ति कर दाखिला गर्नेलाई सुनवल नगरपालिकाले छुट दिने भएको छ ।
नगरपालिकाको राजश्व शाखाले सूचना जारी गर्दै छुट दिने जनाएको हो ।
आर्थिक वर्षहरूको निरन्तरताकै रुपमा आर्थिक ऐन २०७९ बमोजिम लाग्ने कर असोज मसान्तभित्र दाखिला गर्नेलाई १० प्रतिशत छुट दिन लागिएको राजश्व प्रमुख चक्रपाणी भण्डारीले अनलाइन सरोकारलाई बताए ।
समयमा आफ्नो व्यवसाय तथा सम्पत्ति कर तिराई जिम्मेवार बनाउन यस्तो योजना ल्याएको सुनवल नगरपालिकाले जनाएको छ ।
हेर्नुहोस सुचना