२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाबाट आइतबार मृत्यु भएको थियो । भारतबाट फर्किएका उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेका थिए ।

उनी भारतबाट क्षयरोगको उपचार गरी फर्किएका थिए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार ००:००  ११ : २८ बजे