काठमाडौं । काठमाडौँमा अस्थायी बसोबास गर्ने आफ्ना नागरिकलाई भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले काठमाडौंबाट सेवा प्रवाह गरेको छ ।
राजधानीमा दुई दिने शिविर सञ्चालन गर्दै गाउँपालिका र वडाबाट दिने जन्मदर्ता, मृत्युदर्ता, सिफारिसलगायत सेवा दिइएको अध्यक्ष दौलथ कुलुङले अनलाइन सरोकारलाइ बताए ।
उनले भने ‘हामीलाई निर्वाचनमा सहयोग गर्न काठमाडौँबाट गाउँसम्म पुगेका मान्छेलाई एउटा सिफारिसकै लागि फेरि गाउँसम्म जान गारो हुन्छ ’ उक्त समस्यालाई मध्यनजर गर्दै शिविर गरेको हौ‘।
उनले जनताको सेवा गर्नु आफ्नो प्रमुख दायित्व भएको बताए ।
१ सय ५० जनाले गाउँपालिकाबाट गर्नुपर्ने सिफारिस काठमाडौँबाटनै लिएका छन् । सिफारिस लिनेहरुमा मुख्यगरी जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा नवीकरण र बसाइसराइलगायत रहेको कुलुङले बताए ।
शिविरको लागि गाउँपालिका अध्यक्ष र कर्मचारीहरू भोजपुरबाट काठमाडौं आएका थिए ।