२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या, रेलमा भेटियो शव



वीरगञ्ज । पर्साको वीरगञ्जमा दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या गरेका छन् । उक्त घटनामा संलग्न आरोपमा प्रहरीले बाराको विश्रामपुर घर भएका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेको छ ।

साउन २४ गतेदेखि हराइरहेका बाराको विश्रामपुर- ५ का २३ वर्षीय राजकुमार ठाकुरको शव शुक्रबार भेटिएको थियो । ट्युसन पढ्न साइकलमा गएका ठाकुर हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पटेल दाजुभाइको बयानको आधारमा ठाकुरको शव रक्सौलबाट मुज्जफपुर चल्ने ट्रेनको शौचालय छेउमा भेटिएको हो । पर्सा प्रहरीका अनुसार शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

 हत्या आरोपी दाजुभाइ वीरगञ्ज महानगरपालिका – १६ मा टेलर चलाउँदै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले आफ्नै टेलर भित्र लगेर ठाकुरको हत्या गरेको र मोटरसाइकलमा शव राखी रक्सौलमा रोकिराखेको ट्रेनको डिब्बामा छाडेका थिए ।

प्रकाशित मिति : २०७९, २९ श्रावण आइतबार ००:००  ४ : ३७ बजे