२०८३, १५ असार सोमबार | Tue Jun 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाडीले बाख्रा मारेको भन्दै फोहोर फाल्न अवरोध



काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बाख्रालाई ठक्कर दिएको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

फोहोर बोकेको गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि स्थानीयले क्षतिपूर्तिको माग गरेर बाटो बन्द गरेका हुन् ।

‘स्थानीयको आन्दोलनपछि फोहोर बोकेका गाडी बाटोमै रोकिएको’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । फोहोर बोकेका सयौं गाडी अहिले बाटोमै रोकिएका छन् ।

‘काबेरी गाउँमा बाख्रा मरेको रहेछ,’ प्रवक्ता मानन्धरले भने, ‘बाख्रा आफैं मरेको हो कि गाडीले हानेको हो, त्यो पुष्टि भइसकेको छैन ।’

शनिबार फोहोर बोकेका १५२ वटा गाडी बञ्चरे डाँडा पुगेको थियो । कुनै अवरोध नभएमा आज (आइतबार) देखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरे पुग्ने महानगरका मेयर बालेन साहले बताएका थिए ।

प्रकाशित मिति : २०७९, २९ श्रावण आइतबार ००:००  ५ : ०६ बजे