२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा थपिए ३ जना कोरोना संक्रमित



ओखलढुंगा । ओखलढुंगामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा यसअघि संक्रमित भएका १ जना निको भएकै दिन सोमबार थप तिन जना नयाँ संक्रमित थपिएका हुन् । जिल्लाको लिखु गाँउपालिकाको क्वारेन्टाइनमा रहेका ३०, २८ र २२ बर्षका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । यो सँगै ओखलढुंगामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

लकडाउनको समयमा गाउँ आएर क्वारेन्टाइनमा बसेका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ । संक्रमित मध्ये २ जना साउदी अरबबाट र एकजना बागलुङ जिल्लाबाट गाउँ फर्किएका हुन् । संक्रमितहरुलाई कोभिड अस्पताल पठाउने तयारी भइरहेको छ । अहिले उनीहरुको स्वास्थ्य अवस्था समान्य छ ।

यसैबिच लिखु गाउँपालिकाकै २८ वर्षिय एक पुरुष भने सोमबार कोरोना जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार ००:००  १ : २१ बजे