२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहरमा राजनीति गर्ने फोहोरी काम राप्रपाले गर्दैन: लिङ्देन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले फोहरमा राजनीति गर्ने फोहोरी काम नगर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारहरू आएको भन्दै त्यसमाथि उनले खण्डन गरेका छन् ।

“काठमाडौँको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहान्छु,” लिङ्देनले सामाजिक सञ्जालमा भनेका छन्, “राप्रपा फोहरमा राजनीति गर्ने जस्तो फोहोरी काम गर्दैन।”

फोहर बोकेको गाडीहरू अवरूद्ध गर्ने काममा राप्रपाको कुनै संलग्नता नभएको उनले बताएका छन् ।

“फोहर बोकेका गाडीहरू अवरूद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होइन यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कारबाहीसमेत गर्ने छ,” उनले भने, “जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित हैन । भविष्यमा यसप्रकारको गलत सन्देश सम्प्रेसित नहुने अपेक्षासमेत गर्दछु ।”

प्रकाशित मिति : २०७९, १ भाद्र बुधबार ००:००  १ : ४५ बजे