
काठमाडौं । कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा निकालिएको र्यालीमा झडप भएको छ । लम्की बजारमा र्यालीपश्चात आयोजना गरिएको कोणसभामा तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरबहादुर खड्काले सम्बोधन गर्ने क्रममा झडप भएको हो ।
खड्काले ‘प्रचण्ड’का बारेमा आफूलाई थाहा भएको भनेपछि त्यहाँ रहेका युवाहरू आक्रोशित भएका थिए । भीडमा दुई पक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले साम्य पारेको जनाइएको छ ।
हस्तक्षेप गरेपछि केहीबेर स्थिति तनावपूर्ण भएको थियो । केही युवाहरूले भने ओलीले राजीनामा दिनुपर्ने भन्दै ओलीको समर्थनमा उत्रेका युवाहरूमाथि हातपात गरेको जनाइएको छ । प्रधानमन्त्री ओलीको समर्थनमा उत्रेका युवाले भने र्यालीसहित नारा लगाएका थिए ।
प्रधानमन्त्री ओलीको साथमा रहेको भन्दै उनीहरूले प्रधानमन्त्रीलाई पदबाट हटाउने चलखेल भएको भन्दै राष्ट्र निर्माणमा ओलीको साथ अनिवार्य भएको बताए ।