२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानका मेयर हर्क साम्पाङले १०० दिनमा गरेका १३ काम



धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

उनले १०० दिनमा के के काम भयो भनेर सोध्नेहरूलाई जवाफ भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनले सार्वजनिक गरेको कामको विवरण:

१ नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ !

२४ ठाउँबाट खानेपानीको मुहान थपेँ !

३ व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !

४ ६ लाख बिरुवा रोपेँ !

५ सरसफाइमा देखिने सुधार ल्याएँ !

६ प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ !

७ जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ !

८ बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !

९ लागु औषध विरुद्धको अभियान सुरु गरेँ !

१० योजनाहरूका लागि बजेटको जोहो गराएँ !

११ पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ !

१२ पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ !

१३ शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ

प्रकाशित मिति : २०७९, २ भाद्र बिहीबार ००:००  १० : ५५ बजे