२०८१, ७ मंसिर शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम सुरु



स्याङ्जा । आर्थिक उपार्जनका लागि भीरकोट नगरपालिकाले  बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका ९ वटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट विनियोजन भएको १  करोड ४० लाख र नगरपालिकाबाट रु ६० लाखको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७९/८० को सुरुआत चरणबाट कार्य थालिएको भीरकोट नगरपालिकाका सुचना अधीकारी श्री राम प्रसाद खनालले  बताए ।

विशेष गरी आर्थिक र सामाजिक हिसाबले पछाडि परेका महिला, दलित तथा अतिविपन्न समुदायलाई आर्थिक उपार्जनसँग जोड्दै स्वावलम्बी बनाउने लक्ष्यसहित कार्यक्रम निर्धारण गरिएको उनले बताए ।   

नगरपालिकाले चालु आवका लागि कृषिलाई प्राथमिकतामा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरा, भीरकोट नगरपालिका र युएनडिपीको साझेदारीमा झण्डै रु ६  करोड विनियोजन गरेको उनले बताए ।

श्री राम प्रसाद खनाल (सुचना अधिकारी)

प्रकाशित मिति : २०७९, २ भाद्र बिहीबार ००:००  ११ : ४६ बजे