२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले नागरिकलाई अनागरिक बनायो : डा. संग्रौला



काठमाडौँ ।  नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकलाई अनागरिक बनाएको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद संग्रौलाले लामो समयदेखि नागरिकतासम्बन्धी कानुन बन्न नसक्दा लाखौंले नेपाली नागरिक नागरिकताबाट बन्चित हुनु परेको बताएकी हुन् ।

‘अघिल्लो सरकारले संसद्‍मा ल्याएर झन्डै चार वर्षसम्म अल्झेको नागरिकता विधेयक प्रमाणीकरण भएर आएको भए यतिबेला कति नागरिकले नागरिकता प्राप्त गरिसकेका हुन्थे,’ उनले भनिन्, ‘तत्कालीन सरकारले संसद्‍मा पारित गर्नपट्टि नलागेर अल्झाएर राख्यो । प्रतिपक्ष दल नेकपा एमालेले सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ताबाहिर हुँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाइएको छ । लामो समयदेखि नागरिकता सम्बन्धी कानुन बन्न नसक्दा लाखौंले नेपाली नागरिक नागरिकताबाट बन्चित हुनु परेको छ ।’

संसद्‍बाट पारित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनु दुःखद भउको बताइन् । ‘साधारणतया सार्वभौम संसद्ले बृहतरूपमा छलफल गरेर दुवै सदनले पारित गरेर पठाएको विधेयक फिर्ता गरिनु हुँदैनथ्यो । सार्वभौम संसदले पठाएका विधेयकहरू प्रमाणीकरण गरेर कानुनको रूप दिएर पठाउनु राष्ट्रपतिको संवैधानिक दायित्व पनि हो,’ उनले भनिन्, ‘यसलाई उहाँले दोस्रोपटकमा जुनसुकै हालतमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक वाध्यता पनि छ । यति हुँदाहुँदै पनि फिर्ता पठाउनु ठीक होइन । अब विधेयकलाई अल्झाएर ढिलो गरेर राख्ने समय पनि होइन । त्यसैले यो विधेयक तुरुन्तै प्रमाणीकरण भएर कानुनको रुपमा आउनुपर्छ ।’

प्रकाशित मिति : २०७९, २ भाद्र बिहीबार ००:००  ४ : २९ बजे