
ताप्लेजुङ । सब डिभिजन वन कार्यालय ताप्लेजुङले निशुल्क जग्गा उपलब्ध गराउने जग्गा दातालाई सम्मान गरेको छ । वन कार्यालयले भवन तथा नर्सरी निर्माणका लागि निशुल्क २÷२ रोपनी जग्गा प्रदान गर्ने स्थानीय मङ्गमती लिम्बू र सिता लिम्बूलाई सोमबार दोसल्ला ओढाएर सम्मान गरेको हो ।
दुबै जनाले १६ लाख बराबरको जग्गा निशुल्क रजिस्ट्रेशन पास गरिदिएको जिल्ला वन कार्यालय ताप्लेजुङका प्रमुख विरेन्द्र शाहले बताए । समाज सेवा गर्ने आफूहरूको इच्छा अनुसार वन कार्यालयलाई निशुल्क जग्गा उपलब्ध गराएको जग्गा दाताहरूले बताएका छन् ।
जग्गाभित्र सब डिभिजन बन कार्यालयको भवन र नर्सरी स्थापना गर्ने जिल्ला वन कार्यालय ताप्लेजुङले जनाएको छ । यसका लागि छिट्टै प्रकृया अघि बढाइने कार्यालय प्रमुख शाहको भनाई छ ।