२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरी भंगहालेअझै गर्न सकेन नगरसभा



महोत्तरी । आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि महोत्तरीको भंगहा नगरपालिकाले नगरसभा गर्न सकेको छैन । कार्यपालिकामा पार्टीको बहुमत नहुँदा नगरले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम समेत ल्याउन नसकेको हो ।

प्रत्येक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । नगर प्रमुख लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सञ्जीवकुमार साह निर्वाचित भएपनि कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ ।

भंगहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहले जनप्रतिनिधि बिचको विवादका  कारण अहिले सम्म नगरसभा हुन नसकेको बताए । उनले आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको तर छलफल हुन नसकेको  जानकारी  दिए।

नगरपालिकाका उपप्रमुख शान्ति कुमारी सिंहले नगरप्रमुख संजिव कुमार साहका कारण अहिलेसम्म नगरसभा तथा बजेट विनियोजन हुन नसकेको आरोप लगाएकी छन् । उनले शिक्षा संयोजकमा प्रमुखले आफ्नो मान्छे राख्न नपाएपछि कार्यक्रम रोकेको बताइन ।

उक्त विषयमा नगरप्रमुख शाह सँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।  

प्रकाशित मिति : २०७९, ३ भाद्र शुक्रबार ००:००  १२ : १६ बजे