२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैंसीको जन्मदर्ता गर्ने किसानलाई सुत्केरी भत्ता



काभ्रे । भैंसीको पाडापाडीको जन्मदर्ता गराउने अभियान पनौती नगरपालिकाले सुरु गरेको  छ । स्थानीयहरूको घरमा जन्मिएको पाडापाडीको जन्मदर्ता बनाउने र जन्मदर्ता बनिसकेपछि भैंसीधनिलाई  सुत्केरी स्याहार भत्ता नगरपालिकाले  दिने गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ बाट भैंसी सुत्केरी भत्ता तथा जन्मदर्ता कार्यक्रम नगरपालिकाले ल्याएको थियो । कार्यक्रम ल्याएको पहिलो वर्ष भने लगभग ६ लाख रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको पनौती नगरपालिकाका कृषि शाखा प्रमुख लिलानाथ सापकोटाले बताए ।

उक्त  रकम लिने किसानको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा मात्रै भैंसी सुत्केरी स्याहार भत्तामा नगरपालिकाले ४० लाख रुपैया भन्दा बढी खर्च गरेको उनले बताए ।

भैंसी पहिलो बेत व्याउँदा पाँच हजार रुपैयाँ र दोस्रोपछि अन्य बेत व्याउँदा प्रति बेत दुई हजार रुपैयाँ किसानलाई दिने गरेको छ ।

भैंसीको सुत्केरि भत्ता पाउनको लागि पाडापाडीको जन्मदर्ता अनिवार्य गर्नुपर्ने नगरपालिकाले जनाएको छ । त्यसको लागि भैंसी व्याएपछि माउ, बच्चा र पशुधनीको एकैठाउँमा उभिएको फोटो चाहिन्छ । नगरपालिकाले जारी गरेको प्रमाण पत्र लिनको लागि भैंसी धनी किसानको नाम, ठेगाना, सम्पर्क नम्बरसहित फारम भर्नुपर्छ ।

प्रकाशित मिति : २०७९, ३ भाद्र शुक्रबार ००:००  १२ : ५५ बजे