२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जति गठबन्धन गरेपनि एमालेलाई जित्न सक्दैनन् : ओली 



झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। सत्ता गठबन्धनमा रहेका दलहरू एमालेसँग एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत नराख्ने भएकाले पाँचले नपुगेर आठरदश दलीय गठबन्धन बनाउन लागेको समेत उनले टिप्पणी गरे। 

तीन दिनका लागि आज शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले कचनकवल गाउँपालिकास्थित बनियानीमा यस्तो बताएका हुन्। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी दोहोर्‍याए।

‘कमजोरहरु गठबन्धन गर्दैछन्। एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन्। अपवित्र साँठगाँठको नाम हो–गठबन्धन। अहिले गठबन्धनमा ८–१० वटा पुर्‍याउने भन्दैछन्’, अध्यक्ष ओलीले भने, ‘अरु पनि मान्छे खोजे हुन्छ। त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन। उनीहरूको गठबन्धनमा सामेल हुने कतिपय पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन्।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन पनि दिए। ‘तपाईंहरू उच्च मनोबलका साथ जनताको घर–घर जानुहोस्। जनताको घर–घरमा गएर एमाले सरकारले गरेका कामहरूबारे जानकारी गराउनुहोस्’, ओलीले भने, ‘एमालेको लक्ष्य कम्तीमा बहुमत ल्याउने हो।’

प्रकाशित मिति : २०७९, ३ भाद्र शुक्रबार ००:००  ३ : १० बजे