२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोर बिजोर प्रणाली हटाउने सरकारको तयारी



काठमाडौं । सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी साधन चल्न दिने तयारी सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।

राजधानी लगायत देशभरनै कोरोनाको संक्रमण बढ्दै गएको तथा सवारी दुर्घटना पनि बढेको भन्दै पास सिस्टम लागू गर्न लागिएको हो । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेपछि अत्यावश्यक कामका लागिबाहेक अरु कामका लागि सवारी चलाउन नपाइने नियम ल्याएको थियो ।

असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर विजोरका आधारमा निजी सवारी सञ्जालन भैरहेको छ । निजी सवारी जोर–विजोर प्रणालीका आधारमा चले पनि सार्वजनिक सवारी साधन भने अहिलेसम्म चल्न सकेको छैन ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार ००:००  ५ : ०६ बजे