२०८२, १३ चैत्र शुक्रबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिनय छोडेर सन्यासी बनिन् नुपुर



मुम्बई। टेलिभिजन अभिनेत्री नुपुर अलंकारले करिब २७ वर्ष टेलिभिजन अभिनयमा आफूलाई स्थापित गरिन् । अहिले यी अभिनेत्रीले अभिनय दुनियाँलाई पछाडि राखेर सन्यासी बनेकी छन् ।

नुपुरले ‘अलंकार’, ‘शक्तिमान’, ‘दीया और बाती हम’, र ‘घरकी लक्ष्मी बेटीया’ जस्ता टेलिसिरियलमा अभिनय गरिसकेकी छन् । कैयौं वर्ष टेलिभिजनमा काम गरेकी नुपुरलाई त्यो आराम पाइनन्, जुन आरामको उनी खोजीमा थिइन् ।

‘मैले फेब्रुअरीमै अभिनयबाट सन्यास लिएको थिएँ । अहिले तीर्थयात्रामा व्यस्त छु र यो समयमा म अत्यावश्यक व्यक्तिलाई सहयोग गर्न चाहन्छु । अध्यात्मप्रति मेरो जहिल्यै झुकाव रह्यो र यसको पालन पनि गर्दै आएकी छु । म गुरु शम्भु शरण झालाई पाएर खुशी छु । जसकारण मेरो जीवनको दिशा फेरिएको छ’, उनले भनेकी छन् ।

नुपुर यतिबेला हिमालयको यात्रामा छिन् । उनले मुम्बईमा बस्दै आएको फ्ल्याट भाडामा दिएकी छन् । उनले आफूलाई आधारभूत खर्च निकाल्नका लागि यो निर्णय लिएकी हुन् । ‘कैयौं मानिसलाई मलाई अहिलेको रुपमा देख्दा म भावनात्मक रुपमा टुटेकी र जिन्दगीबाट थाकिएकी महिला भनेर चित्रण गर्छन् । तर त्यो सत्य होइन’, उनले भनेकी छन् ।

–आजतक

प्रकाशित मिति : २०७९, ३ भाद्र शुक्रबार ००:००  ४ : २० बजे