२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन् प्रदीप गिरि ?



काठमाडौँ । प्रदीप गिरिको जन्म २००४ सालामा सिरहाको बस्तीपुरमा भएको थियो ।

बुबा मित्रलाल गिरि र पुण्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

नेपालका सबैजसो शान्तिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी  कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका सहयात्रीसमेत भए ।

बिपीसंग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले करिब तीन वर्ष जेलजीवन बिताए ।०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी ०५६ को आम चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदको रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ३ असोज २०७२ मा जारी संविधानमा भने हस्ताक्षर गरेनन् ।

त्यसपछि ०७४ मा भएको संघीय निर्वाचनमा उनी प्रत्यक्षतर्फ निर्वाचित भए । पटक(पटक सांसद बनेका गिरिमा सत्ता प्राप्तिको लालशा कहिल्यै देखिएन ।

गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति : २०७९, ५ भाद्र आइतबार ००:००  १० : २० बजे