२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ केजी गाँजासहित दुई जना पक्राउ



बारा ।  जितपुर सिमरा उपमहानगरपालिका–७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७९, ५ भाद्र आइतबार ००:००  ५ : ४८ बजे