सुनसरी। सुनसरीको धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् ।
मेयर साम्पाङले आज (सोमबार) सामाजिक सञ्जालमा तस्बिर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको जानकारी दिएका हुन् ।
उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् । त्यस्तै उनले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजना समेत उनले अगाडि बढाएका छन् ।