२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक घर एक धारा जडान गर्दै कालीगण्डकी गाउँपालिकाका



स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गण्डकी प्रदेश सरकार, गाउँपालिका  र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा उल्लेखित घरधुरीमा एक घर एक धारा जडान गरिएको हो ।

गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीका अनुसार गाउँपालिकाले खानेपानी समस्या निराकरणका लागि योजना अगाडि बढाएपछि  तीन हजार चार सय घरधुरीमा एक घर एक धारा जडान गरिएको हो ।

गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उनले जानकारी दिए ।

तीनतिर कालीगण्डकीले घेरेको  भए पनि यो पालिका नदीभन्दा माथिल्लो भूभागमा भएका कारण पानीको समस्या हुँदै आएको थियो ।

‘बद्लिँदो स्थानीयको दैनिकी, विद्युतीय उपकरणको प्रयोग, पाइप विस्तार, आधुनिक ट्याङ्की निर्माणलगायतका कार्यले तीव्रता पाएसँगै घरघरमा पानी पुर्‍याउन सकिएको छ’, उनले भने, ‘जसले गर्दा स्थानीयको दैनिकीमा सहजता आएको छ भने दैनिकी अब क्रियाकलापसँग जोडिँदै गएको छ ।’

प्रकाशित मिति : २०७९, ६ भाद्र सोमबार ००:००  ११ : ०४ बजे