२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरामीमा कोरोना संक्रमण देखिएपछि शहीद गंगालाल अस्पतालको ओपिडि सेवा बन्द



काठमाडौं । शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत ७ जना विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ । केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएका ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि ओपिडी सेवा स्थगित गरिएको जनाएको छ ।

ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने अस्पताल प्रशासन श्रोतको भनाई छ । कोरोना संक्रमण देखिएका सबै ७ जनालाई नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार ००:००  ५ : ५३ बजे