२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाटन अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि



काठमाडौं । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्युपछि कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।

भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए । लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पु¥याएका थिए । अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो ।

उनलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । शर्माले अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले मृतक युवकमा मानसिक समस्या रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार ००:००  ८ : ४७ बजे