२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्दको प्रभाव : रुपन्देहीको सैनामैनामा भेटियो शंकास्पद बस्तु



बुटवल । रुपन्देहीका सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका-११ स्थित कोठी जंगल क्षेत्र अन्तरगत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन्। देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन्।

बन्द आह्वान भए पनि बन्दको प्रभाव देशभर सामान्य रुपमा परेको छ । मुख्य राजमार्गहरुमा लामो दुरीका बाहेक वसारीहरु फट्टफट्ट गडेका छन् । व्यापार पसलहरु मुख्य बजार क्षेत्र बाहेका ठाउँमा सामान्य रुपमा सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : २०७९, ७ भाद्र मंगलबार ००:००  ११ : ५४ बजे