२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा २८ सहित थप २०४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौंमा २८ जना सहित मंगलबार थप २०४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुुसार, पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ । यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ ।

हाल सम्म कोरोना संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार ००:००  १० : ५२ बजे