२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस फुटाउन खोज्ने ‘विप्लव’ कार्यकर्तामाथि कुटपिट, आठ जना पक्राउ



काभ्रे । काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एक युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिकास्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो । प्रहरीको घेरा तोडेर अघि बढेका पल राउतले बा ३ ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका स्टाफ र स्थानिय मिलेर उनलाई आक्रमण गरेका हुन् ।

बनेपाबाट सवारी साधन बन्द गराउन खोज्ने राउतसहित आठ जनालाई पक्राउ गरिएको जिप्रका काभ्रेका प्रवक्ता (डिएसपी) ढुण्डीराज न्यौपानेले जानकारी दिएदद्ध । पक्राउ पर्नेमा कालिकोट घर भएका १९ वर्षीय मनिष विक उर्फ प्रशान्त, कालिकोटको नरहरिनाथ गाउँपालिका घर भएका १९ वर्षीया वसन्ती बिक र कालिकोटको राजकोटा गापा-९ घर भएका २७ वर्षीय जयराज लोर लगायत छन् ।

यसअघि धुलिखेल नगरपालिका-९ स्थित रानाछापमा बन्दकर्ताले कुकर बम राखेका थिए । विपी राजमार्ग स्थित रानाछापमा बिहान ४ बजे फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको डिएसपी न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, ७ भाद्र मंगलबार ००:००  १ : २८ बजे