२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘महानगर भाषा, साहित्य र कलाको विकासमा लागेको छ’: मेयर कोइराला



विराटनगर।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भौतिक पूर्वाधारको विकास सँगसँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा महानगर लागिपरेको बताएका छन्।

सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकासले मात्रै महानगरको समग्र विकास नहुने उल्लेख गरे । कोइरालाले विराटनगरलाई भौतिक र समाजिक विकाससँगै कला, साहित्य र संस्कृतिलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले औद्योगिक र राजनैतिकसँगै भाषा, साहित्य, कला र संस्कृति विराटनगरको पहिचान भएको बताए ।

आफूहरू निर्वाचित भएर आइसकेपछि विराटनगरको सर्वाङ्गीण विकासमा ध्यान दिएको उनको भनाइ थियो । “चिल्ला सडक र ठूला भवन निर्माणलाई मात्रै समग्र विकास मान्न सकिँदैन,” उनले भने, “भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई महानगरले उच्च प्राथमिकतामा राखेको छ । सम्भवतः यसै वर्ष महानगरले राष्ट्रिय कलासाहित्य महोत्सव गर्छ ।” विपी कोइराला, तारणीप्रसाद कोइराला, बालकृष्ण पोखरेल, देवकुमारी थापा, डा. नरेन्द्र चापागाईंलगायतले साहित्यमार्फत विराटनगरको पहिचान बढाएको मेयर कोइरालाले बताए ।

प्रकाशित मिति : २०७९, ७ भाद्र मंगलबार ००:००  २ : ५४ बजे